यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक मिलन दीक्षितद्वारा लिखित “हिमालयको जन्म” पुस्तकलाई अर्चना जोशीले वाचन गर्नुभएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। तेस्रो खण्डमा १, २, ३ गीत रमाइलो शारीरिक क्रियाकलाप बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा लिखित काव्य" तरुण तपसीका" केही कवितांश वाचन गरिएको छ।