यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक हान्स क्रिस्टियन आन्दरसन्द्वारा लिखित “विचरो चल्लो” को दोस्रो भाग भन्ने कथाको पुस्तकलाई सुधा ओझाले वाचन गर्नुभएको छ।तेस्रो खण्डमा विश्वका उल्लेखनीय महिलाहरूको चर्चा गर्ने खण्डमा संयुक्त राज्य अमेरिकाका गायिका निना सिमोनको बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा स्वास्थको खण्डमा कुपोषणको बारेमा जानकारी दिइएको छ।