यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक शान्ता दीक्षितद्वारा लिखित पार्वती र गंगा भन्ने कथाको पुस्तकलाई स्वयले वाचन गर्नुभएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। तेस्रो खण्डमा मलाई पाँच ओटा चिज दिनुहोस् क्रियाकलाप बारे जानकारी प्रस्तुत गरिएको छ। चौथो खण्डमा विश्वका उल्लेखनीय महिलाहरूको चर्चा गर्ने खण्डमा सिरियाली पौडीबाज युस्रा मार्डिनीको बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा शरिरलाई निद्राकाे महत्वबारे जानकारी दिएको छ।