यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक शान्ता दीक्षितद्वारा लिखित परिकल्पना गरिएकाे कथा "झुम्कामा एक दिन" वाचन भन्ने कथाको पुस्तकलाई स्वयले वाचन गर्नुभएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। तेस्रो खण्डमा विश्वका उल्लेखनीय महिलाहरूको चर्चा गर्ने खण्डमा ईटालीका फर्मूला वान रेसिङ कार ड्राइभर लेला लोम्बार्डीका बारे जानकारी प्रस्तुत गरिएको छ।अन्त्यमा कवि रमेश खकुरेलद्वारा लिखित "तिमी भानुभक्त" कविता वाचन गरिएको छ।