यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक शाश्वत पराजुलीद्वारा लिखित पुतलीको यात्रा पुस्तकलाई प्रकृति कर्माचार्यले वाचन गर्नुभएको छ। यस पुस्तकलाई प्रवर्ध्दन केन्द्र हिमाल किताबले प्रकाशन गरेको हो। तेस्रो खण्डमा ताली वा खाली भन्ने खेलको क्रियाकलाप बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा आदिकवि भानुभक्त आचार्यले रामायणकै एक भाग लिखित "घर पनि सुनकै" कविता वाचन गरिएको छ।