यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक शारदा रमण नेपालद्वारा लिखित “मित्रता” भन्ने कथाको पुस्तकलाई सुधा ओझाले वाचन गर्नुभएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। तेस्रो खण्डमा विश्वका उल्लेखनीय महिलाहरूको चर्चा गर्ने खण्डमा ईटालीका तरवारबाज बिटराईस् भिओको बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा स्वास्थको खण्डमा बजारमा पाईने पेय पदार्थहरु र यसले हाम्रो शरिरमा पार्ने असरका बारे सिकाइएको छ।