यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक अस्कर वाईल्डद्वारा द्वारा लिखित कथा “द ह्याप्पी प्रिन्स” काे नेपाली अनुबाद सुखी राजकुमारकाे अन्तिम भाग कथाको पुस्तकलाई सुधा ओझाले वाचन गर्नुभएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। तेस्रो खण्डमा विश्वका उल्लेखनीय महिलाहरूको चर्चा गर्ने खण्डमा अभिनेत्री अद्री हेब्बनको बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा प्लाष्टिकको प्रयोग र यसले गर्ने असरबारे सिकाइएको छ।