यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखककार्तिकेयद्वारा लिखित कथा “फुच्चीनानी सूर्य भेट्न गईन्” पुस्तकलाई अन्जु पियाले वाचन गर्नुभएको छ। यस पुस्तकलाई पब्लिसर बुक नेपालले प्रकाशन गरेको हो। तेस्रो खण्डमा गाँउखाने कथा क्रियाकलाप बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा भूपी शेरचनद्वारा झ्याउरे छन्द छन्दमा लिखित "सहिदहरूको सम्झनामा" कविता वाचन गरिएको छ।