यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक बिनय कसजुद्वारा लिखित कथा “कोसिस गर” को पहिलो भाग पुस्तकलाई प्रकृति कर्माचार्यले वाचन गर्नुभएको छ। यस पुस्तकलाई विवेक सृजनशील प्रकाशन प्रा लि ले प्रकाशन गरेको हो। तेस्रो खण्डमा विश्वका उल्लेखनीय महिलाहरूको चर्चा गर्ने खण्डमा बाध्यबादक ड्रमर माईलो कास्ट्रोको बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा बन्दाबन्दीमा आफूलाई कसरी स्वस्थ, सक्रिय र सृजनशिल राख्ने भन्ने बारेमा जानकारी सिकाइएको छ।