यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक रोशन पोखरेलद्वारा लिखित कथा चंचलेको यात्रा पुस्तकलाई प्रकृति कर्माचार्यले वाचन गर्नुभएको छ। यस पुस्तकलाईद एसिया फाउन्डेशन लेट्स रिड नेपालले प्रकाशन गरेको हो। तेस्रो खण्डमा विश्वका उल्लेखनीय महिलाहरूको चर्चा गर्ने खण्डमा सयुक्त राज्य अमेरीकाका पहिलो महिला डाक्टर मेरी एड्वार्ड वाकरको बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा कवि बालकृष्ण समद्वारा मात्रिक छन्दमा लिखित ‘ऋतुको अनुकरण’ कविता वाचन गरिएको छ।