यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक रामकुमार पाँडेद्वारा लिखित चरालाई जुत्ता भन्ने कथाको पुस्तकलाई अन्जु पियाले वाचन गर्नुभएको छ। यस पुस्तकलाई हिमाल किताबले प्रकाशन गरेको हो। तेस्रो खण्डमा विश्वका उल्लेखनीय महिलाहरूको चर्चा गर्ने खण्डमा टेनिस खेलाडी दिदि बहिनी सेरेना र भेनस विलियम्सको बारे जानकारी प्रस्तुत गरिएको छ।चौथो खण्डमा डेंगुको बारेमा जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा १, २, ३ गीत रमाइलो शारीरिक क्रियाकलाप बारे जानकारी प्रस्तुत गरिएको छ।