यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक एरिक कार्लद्वारा लिखित कथा “द भेरी बिजि स्पाईडर” को नेपाली अनुबाद अति ब्यस्त माकुरी पुस्तकलाई दिपा दीक्षितले वाचन गर्नुभएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। तेस्रो खण्डमा “लामखुट्टेहरू किन मानिसको कानमा भुनभुनाउँछन् ?” नाटकबारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा कवि राममणि आ.दी.द्वारा भुजङ्गप्रयात छन्दमा लिखित "रामको शोक" कविता वाचन गरिएको छ।