यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक कनकमणि दीक्षितद्वारा लिखित “जसै गरी सगरमाथा” को पहिलो भाग पुस्तकलाई नाटकद्वारा वाचन गरिएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। तेस्रो खण्डमा जसै गरी १० भन्ने रमाईलो गणितको क्रियाकलाप बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा शार्दूलविक्रीडित छन्दमा लिखित "गौरी’" कविता वाचन गरिएको छ।