यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक नन्दिता जयराजद्वारा लिखित “आनाको असाधारण परिक्षण” पुस्तकलाई अन्जु पियाले वाचन गर्नुभएको छ। यस पुस्तकलाई प्रथम बुक्सले प्रकाशन गरेको हो। तेस्रो खण्डमा विश्वका उल्लेखनीय महिलाहरूको चर्चा गर्ने खण्डमा मारिया मोन्टेसरीको बारे जानकारी प्रस्तुत गरिएको छ।चौथो खण्डमा मास्कको प्रयोगबारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा आदिकवि भानुभक्त आचार्यद्वारा लिखित “रामायण बाट” कविता वाचन गरिएको छ।