यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक मन्दिरा मधुश्रीद्वारा लिखित छट्टु स्यालको चोर्ने दाउ नामक पुनर्कथित लोककथा पुस्तकलाई प्रकृति कर्माचार्यले वाचन गर्नुभएको छ। यस पुस्तकलाई द एसिया फाउन्डेशन लेट्स रिड नेपालले प्रकाशन गरेको हो। तेस्रो खण्डमा जनावर र तिनीहरूले निकाल्ने आवाजहरूको एउटा रमाईलो क्रियाकालाप बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा कवि टीकाराम शर्मा पौडेलद्वारा मालिनी छन्दमा लिखित "स्वर्ग पाऊन्" कविता वाचन गरिएको छ।