यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक श्यामकृष्ण खुलिमुलीद्वारा लिखित जिब्रो छेड्ने ख्याक पुनर्कथित लोककथा भन्ने कथाको पुस्तकलाई ईशा थापाले वाचन गर्नुभएको छ। यस पुस्तकलाई द एसिया फाउन्डेशन लेट्स रिड नेपालले प्रकाशन गरेको हो। तेस्रो खण्डमा विश्वका उल्लेखनीय महिलाहरूको चर्चा गर्ने खण्डमामार्ग्रेट थ्याचरको बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमाआफू तथा पाका मानिसहरूको लागि हाम्रो घर कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने बारेमा जानकारी दिइएको छ।