यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक मिदेश महर्जनद्वारा लिखित पुनर्कथित लोककथा भन्ने कथाको पुस्तकलाई सुधा ओझाले वाचन गर्नुभएको छ। यस पुस्तकलाई द एसिया फाउन्डेशन लेट्स रिड नेपालले प्रकाशन गरेको हो। तेस्रो खण्डमा विश्वका उल्लेखनीय महिलाहरूको चर्चा गर्ने खण्डमा अमिना गुरीव फकिमको बारे जानकारी प्रस्तुत गरिएको छ। चौथो खण्डमा स्वस्थ रहनका लागि पर्याप्त निद्राबारे जानकारी दिइएको छ।अन्त्यमा एकछिन हाँसौंबारे क्रियाकलाप दिएको छ।