यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक लोईद आलेक्जाण्डरद्वारा लिखित कथा द किङ्स फाउन्टेनको नेपाली अनुबाद राजाको फोहरा पुस्तकलाई सुधा ओझाले वाचन गर्नुभएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। तेस्रो खण्डमा नयाँ जीव क्रियाकलाप बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा कवि घनश्याम कँडेलद्वारा मन्दाक्रान्ता छन्दमा लिखित "आमाको माया" कविता वाचन गरिएको छ।