यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक शेल शिल्भरस्टिनद्वारा लिखित अङ्ग्रेजी कथा “द गिभिङ ट्रि” को नेपाली अनुबाद दयालु रूख पुस्तकलाई अर्चना जोशीले वाचन गर्नुभएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। तेस्रो खण्डमाकविता लेख्छौं क्रियाकलाप बारे जानकारी प्रस्तुत गरिएको छ। चौथो खण्डमा शब्द समुह बनाउने खेल बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा कवि लालगोपाल सुवेदीद्वारा उपजाति छन्दमा लिखित "परदेशमा तिहार" कविता वाचन गरिएको छ।