यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक सुधा ओझाद्वारा लिखित चिउरा पुस्तकलाई स्वयं कथाकारले वाचन गर्नुभएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। तेस्रो खण्डमा विश्वका उल्लेखनिय महिलाहरूको चर्चा गर्ने खण्डमा नर्स फ्लोरेन्स नाईटिङ्गेलको बारेमा जानकारी प्रस्तुत गरिएको छ। चौथो खण्डमा अन्त्यमा कवि रमेश खकुरेलद्वारा तनुमध्या छन्दमा लेखिएको "साथी" कविता वाचन गरिएको छ।