यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक एरिक कार्लद्वारा लिखित किताब द ग्राउची लेडिबगको नेपाली अनुबाद निउखोजुवा टिकटिके भन्ने कथाको पुस्तकलाई दिपा दीक्षितले वाचन गर्नुभएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। तेस्रो खण्डमा जाडोमा हुन सक्ने स्वास्थ समस्याबारे जानकारी प्रस्तुत गरिएको छ। चौथो खण्डमा अभिभावक र बालबालिकाबिचको सम्बन्ध, यसको महत्व र यसलाई कसरी सुदृढ पार्ने भन्नेबारे जानकारी दिएको छ। अन्त्यमा किताव देऊ बोलको गीत सिकाइएको छ।