यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखकध्रुव घिमिरेद्वारा लिखित खुट्टा गन्ने खेल जसलाई अनुकुल गुरूङद्वारा चित्राकंन र ईशा थापाले वाचन गर्नुभएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। तेस्रो खण्डमा जनावर र तिनिहरूको बासस्थानको क्रियाकलापबारे जानकारी प्रस्तुत गरिएको छ। चौथो खण्डमा ताली वा खाली भन्ने खेल बारे जानकारी प्रस्तुत गरिएको छ।अन्त्यमा युगकवि सिद्धिचरण श्रेष्ठद्वारा उपजाति छन्दमा लेखिएको कविता "बुद्धिमान् काग" वाचन गरिएको छ।