यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक मार्कस फिस्टरद्वारा लिखित होली मोली (Holey Moley) को नेपाली अनुवाद टिमो र मट्टो भन्ने कथाको पुस्तकलाई सुधा ओझाले वाचन गर्नुभएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। तेस्रो खण्डमा विश्वका उल्लेखनीय महिलाहरूको चर्चा गर्ने खण्डमा लक्ष्मी बाईको बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा बजारमा पाइने नराम्रो खाना र यसले स्वास्थ्यमा पार्ने असरबारे सिकाइएको छ।