यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक मार्कस फिस्टरद्वारा लिखित “ह्याप्पी बर्थ डे निल्स”को नेपाली अनुवाद “जन्मदिनको शुभकामना निल्स” पुस्तकलाई सुधा ओझाले वाचन गर्नुभएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। तेस्रो खण्डमा गणितसम्बन्धी मेरो उत्तर पत्ता लगाऊ भन्ने खेलबारे जानकारी प्रस्तुत गरिएको छ। चौथो खण्डमा कविता लेखौँ खेलबारे जानकारी प्रस्तुत छ। अन्त्यमा कवि रमेश खकुरेलद्वारा पञ्चचामर छन्दमा लिखित म शान्तिदूत कविता वाचन गरिएको छ।