यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक कनकमणि दीक्षितद्वारा लिखित कौवा र सुन्दरी परेवी पुस्तकलाई सुधा ओझाले वाचन गर्नुभएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। तेस्रो खण्डमा १, २, ३ भन्ने खेल बारे जानकारी प्रस्तुत गरिएको छ। चौथो खण्डमा विश्वका उल्लेखनीय महिलाहरूको चर्चा गर्ने खण्डमा लेखक माया एन्जेलोको बारेमा चर्चा प्रस्तुत गरिएको छ। अन्त्यमा समय तालिका बनाएर आफ्नो काम गर्दा हुने फाइदाबारे जानकारी दिइएको छ।