यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका ईमी पेनद्वारा लिखित कथा केट नो पकेटको नेपाली अनुवाद खल्ती नभएकी कमलीको दोस्रो वा अन्तिम भाग पुस्तकलाई दीपा दीक्षितले वाचन गर्नुभएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। तेस्रो खण्डमा नयाँ जीव क्रियाकलापबारे जानकारी प्रस्तुत गरिएको छ। चौथो खण्डमा मस्तिस्कको व्यायाम बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा कवि पारसमणि प्रधानद्वारा उपजाति र अनुष्टुप् छन्दमा लिखित सिंह र मुसो कविता वाचन गरिएको छ।