यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक ज्वानी टाहवीद्वारा लिखित कथाको नेपाली अुनवाद जुनूले भेट्टाएको गुथुमुने कुकुर पुस्तकलाई दीपा दीक्षितले वाचन गर्नुभएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। तेस्रो खण्डमा कविता लेख्नेबारे जानकारी प्रस्तुत गरिएको छ। चौथो खण्डमा एक छिन नाँचौँ क्रियाकलापबारे जानकारी दिएको छ। अन्त्यमा कवि क.दी. अर्थात् कमलमणि दीक्षितद्वारा तोटक छन्दमा लेखिएको कविता पुतली बारे जानकारी दिएको छ।