यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक लियो लियोनीद्वारा लिखित नेपाली अनुवाद रामु र दम दिने मुसो पुस्तकलाई दीपा दीक्षितले वाचन गर्नुभएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। तेस्रो खण्डमा जनावर र तिनीहरूले निकाल्ने आवाजहरूको एउटा रमाइलो क्रियाकलापबारे जानकारी प्रस्तुत गरिएको छ। चौथो खण्डमा विश्वका उल्लेखनीय महिलाहरूका बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा कसरी हामीले हाम्रो घर सुरक्षित राख्न सक्छौं भन्नेबारे जानकारी दिइएको छ।