यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरु रखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक ड्यानियल म्यानस् पिङ्कवाटरद्वारा लिखित कथा “द बिग अरेन्ज स्प्लट”को नेपाली अनुबाद सुन्तला रङ्को टाटो पुस्तकलाई दिपा दीक्षितज्यूले वाचन गर्नुभएको छ।यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो । त्यस्तै तेस्रो खण्डमा कथा बनाउने क्रियाकलाप बारे जानकारी प्रस्तुत गरिएको छ। चौथो खण्डमा ताली वा खाली भन्ने खेल बारे सिकाएको छ र अन्तमा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा पज्झटिका छन्दमा लिखित पिँजराको सुगा वाचन गरीएको छ।