यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक कनकमणि दीक्षितद्वारा लिखित दोस्रो अध्याय “बनथली र नुनथला” पुस्तकलाई प्रकृति कर्माचार्यले वाचन गर्नुभएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। तेस्रो खण्डमा जाडोमा हुने पेटसम्बन्धी समस्या र यसको हेरचाहबारे जानकारी प्रस्तुत गरिएको छ। चौथो खण्डमा नेपाली बाजा चिनौँ क्रियाकलाप र अन्त्यमा एक्रस्टिक कविता बनाऔँ क्रियाकलापबारे जानकारी प्रस्तुत गरिएको छ।