यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक कनकमणि दीक्षितद्वारा लिखित “बनथली र नुनथला” पुस्तकलाई प्रकृति कर्माचार्यले वाचन गर्नुभएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। तेस्रो खण्डमा जम्बल वर्ड खेलबारे जानकारी प्रस्तुत गरिएको छ। चौथो खण्डमा एक छिन नाँचौँ क्रियाकलाप छ। अन्त्यमा कवयित्री कल्पना प्रधानद्वारा लोक छन्दमा लिखित मेरो सानो खरायो कविता वाचन गरिएको छ।