यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कनकमणि दीक्षितद्वारा लिखित, सुभाष राईद्वारा चित्राङ्कित र रातो बङ्गला किताबद्वारा प्रकाशित बालकथा “धुमधामको घुमघाम” वाचन गरिएको छ। तेस्रो खण्डमा भक्ते भन्छ क्रियाकलापबारे जानकारी प्रस्तुत गरिएको छ। चौथो खण्डमा जाडोमा लाग्न सक्ने रोगहरूबारे जानकारी प्रस्तुत गरिएको छ। पाँचौैँ खण्डमा बन्दाबन्दीमा असल अभिभावकत्वबारे जानकारी र अन्त्यमा कविता किताव देऊ वाचन गरिएको छ।