यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक कनकमणि दीक्षितद्वारा लिखित “बनकी काउबुढी” पुस्तकलाई प्रकृति कर्माचार्यले वाचन गर्नुभएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। तेस्रो खण्डमा जनावरको चाल नक्कल गरौँ रमाइलो क्रियाकलाप प्रस्तुत गरिएको छ। अन्त्यमा पारसमणि प्रधानद्वारा उपजाति छन्दमा लिखित घमन्डी भ्यागुतो कविता वाचन गरिएको छ।