यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कनकमणि दीक्षितद्वारा लिखित, सुभाष राईद्वारा चित्राङ्कित र रातो बङ्गला किताबद्वारा प्रकाशित बालकथा “धुमधामको घुमघाम” वाचन गरिएको छ। त्यस्तै तेस्रो खण्डमा जनस्वास्थ्यका मापदण्डहरू अपनाउँदै हामी कसरी चाडबाडहरू मनाउन सक्छौँ भन्नेबारे जानकारी प्रस्तुत गरिएको छ। चौथो खण्डमा बालबालिकामा द्वन्द्व समाधानको सिपको विकासबारे जानकारी दिइएको छ। अन्त्यमा कवि कृष्णप्रसाद पराजुलीद्वारा मात्रिक छन्दमा लिखित लामा लामा पात कविता वाचन गरिएको छ।