यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कनकमणि दीक्षितद्वारा लिखित, सुभाष राईद्वारा चित्राङ्कित र रातो बङ्गला किताबद्वारा प्रकाशित बालकथा “धुमधामको घुमघाम” वाचन गरिएको छ। तेस्रो खण्डमा शब्दनिर्माण खेल खेल्ने तरिकाबारे जानकारी प्रस्तुत गरिएको छ। चौथो खण्डमा दाँत र मुखको हेरचाह कसरी गर्नेबारे जानकारी प्रस्तुत गरिएको छ। पाँचौैँ खण्डमा केही लेखौँ र मस्तिष्कको व्यायाम क्रियाकलापबारे जानकारी र अन्त्यमा चुट्किला प्रस्तुत गरिएको छ।