यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा श्रीविद्या भेन्कटद्वारा लिखित अनुपमा अजिङ्क्य आप्तेद्वारा चित्राङ्कन गर्नुभएको “रोहन र रीयाको दाँत माझ्ने मन्त्र” लाई ईशा थापा ढुङ्गानाले वाचन गर्नुभएको छ। यसलाई द एसिया फाउन्डेशन, लेट्स रिडले प्रकाशन गरेको हो। तेस्रो खण्डमा गणितको २१ नभन भन्ने खेलबारे जानकारी रहेको छ। चौथो खण्डमा शब्दनिर्माण खेल कसरी बनाउनेबारे जानकारी दिइएको छ। अन्त्यमा कवि टीकाराम शर्माद्वारा सवाई छन्दमा लिखित "अचम्मका साथी" कविता वाचन गरिएको छ।