यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कनकमणि दीक्षितद्वारा लिखित, सुभाष राईद्वारा चित्राङ्कित र रातो बङ्गला किताबद्वारा प्रकाशित बालकथा “धुमधामको घुमघाम” वाचन गरिएको छ। त्यस्तै तेस्रो खण्डमा छोरा र छोरीलाई समान व्यवहार गर्नुपर्नेबारे जानकारी प्रस्तुत गरिएको छ। चौथो खण्डमा मस्तिष्कको व्यायाम क्रियाकलाप प्रस्तुत गरिएको छ। अन्त्यमा आदिकवि भानुभक्त आचार्यद्वारा शार्दूलविक्रीडित छन्दमा लेखिएको हनुमान र सुरसा कविता वाचन गरिएको छ।