यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक मार्कस फिस्टरद्वारा लिखित “सदाबहार जङ्गलमा ज्याक” पुस्तकलाई अन्जु श्रेष्ठ पियाले वाचन गर्नुभएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले नेपालीमा अनुवाद गरेको हो। अन्त्यमा कविशिरोमणि लेखनाथ पौडेलद्वारा स्वागता छन्दमा लिखित इन्द्रधनु कविता वाचन गरिएको छ।