यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कनकमणि दीक्षितद्वारा लिखित, सुभाष राईद्वारा चित्राङ्कित र रातो बङ्गला किताबद्वारा प्रकाशित बालकथा “धुमधामको घुमघाम” वाचन गरिएको छ। त्यस्तै तेस्रो खण्डमा विज्ञान र यसका शाखाहरूबारे जानकारी प्रस्तुत गरिएको छ। चौथो खण्डमा "एकछिन नाँचौँ" क्रियाकलाप प्रस्तुत गरिएको छ। पाँचौैँ खण्डमा बन्दाबन्दीमा असल अभिभावकत्वबारे जानकारी र अन्त्यमा कविता हाम्रो स्कुल वाचन गरिएको छ।