यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा ईशा थापा ढुङ्गानाले वाचन गर्नुभएको “खल्ति नभएकी कमली” कथा रहेको छ र यसलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। त्यस्तै तेस्रो खण्डमा "मेरो गल्ति पत्ता लगाऊ" क्रियाकलाप रहेको छ। अन्त्यमा कवि श्यामप्रसादले सवाई छन्दमा लेख्नुभएको राम्रो-नराम्रो कवितामा वाचन गरिएको छ।