यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कनकमणि दीक्षितद्वारा लिखित, सुभाष राईद्वारा चित्राङ्कित र रातो बङ्गला किताबद्वारा प्रकाशित बालकथा “धुमधामको घुमघाम” वाचन गरिएको छ। त्यस्तै तेस्रो खण्डमा "भक्ते भन्छ" खेलबारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा "जम्बल वर्ड" खेलबारे जानकारी प्रस्तुत गरिएको छ।