यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा मिदेश महर्जनद्वारा लिखित रातो बङ्गला किताबद्वारा प्रकाशित “खरायो र कछुवा” लाई ईशा थापा ढुङ्गानाले वाचन गर्नुभएको छ। त्यस्तै तेस्रो खण्डमा मास्कको उचित प्रयोगबारे जानकारी दिइएको छ। चौथो खण्डमा आकारबाट चित्र बनाउने तरिका सिकाइएको छ। अन्त्यमा कवि रमेश खकुरेलद्वारा उपजाति छन्दमा लेखिएको "चञ्चले" कविता वाचन गरिएको छ।