यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन् । दोस्रो खण्डमा कनकमणि दीक्षितद्वारा लिखित, सुभाष राईद्वारा चित्राङ्कित र रातो बङ्गला किताबद्वारा प्रकाशित बालकथा “धुमधामको घुमघाम” वाचन गरिएको छ। त्यस्तै तेस्रो खण्डमा बन्दाबन्दीमा असल अभिभावकत्व - किताब पढ्ने बानीको विकासबारे जानकारी गराइएको छ। चौथो खण्डमा "मलाई तीनओटा चिज दिनुहोस्" क्रियाकलाप प्रस्तुत गरिएको छ। अन्त्यमा पारसमणि प्रधानद्वारा मन्दाक्रान्ता छन्दमा लेखिएको ‘गोठालो र बाघ’ शीर्षकको कविता वाचन गरिएको छ।