यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कनकमणि दीक्षितद्वारा लिखित, सुभाष राईद्वारा चित्राङ्कित र रातो बङ्गला किताबद्वारा प्रकाशित बालकथा “धुमधामको घुमघाम” वाचन गरिएको छ। त्यस्तै तेस्रो खण्डमा "मलाई तिनओटा चिज दिनुहोस्" भन्रे रमाइलो क्रियाकलाप खेल खेलाएको छ। चौथो खण्डमा बिङ्गो खेलौँ क्रियाकलाप प्रस्तुत गरिएको छ। अन्त्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा स्वागता छन्दमा लेखिएको ‘कुहुकुहु’ शीर्षकको कविता वाचन गरिएको छ।