यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन् । दोस्रो खण्डमा रातो बङ्गला किताबले प्रकाशन गरेको मिलन दीक्षितद्वारा लिखित “कमल र किताब” पुस्तकलाई प्रकृति कर्माचार्यले वाचन गर्नुभएको छ । त्यस्तै तेस्रो खण्डमा नयाँ जीव खेलबारे जानकारी गराइएको छ । चौथो खण्डमा शब्द अन्ताक्षरी खेल खेल्ने तरिका सिकाएको छ । अन्त्यमा कवि पारसमणि प्रधानद्वारा छन्दमा लिखित कविता "भानुभक्त कविका कविता" वाचन गरिएको छ ।