यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन् । दोस्रो खण्डमा कनकमणि दीक्षितद्वारा लिखित , सुभाष राईद्वारा चित्राङ्कन गरिएको र रातो बङ्गला किताबद्वारा प्रकाशित बालकथा “धुमधामको घुमघाम” वाचन गरिएको छ । त्यस्तै तेस्रो खण्डमा कविता लेखौँ क्रियाकलापबारे जानकारी प्रस्तुत गरिएको छ । चौथो खण्डमा १, २, ३ गीतमा शारीरिक क्रियाकलाप प्रस्तुत गरिएको छ । पाँचौैँ खण्डमा शब्द सिकार (Word Hunt)बारे जानकारी दिइएको छ । अन्त्यमा चुट्किला राखिएको छ ।