यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन् । दोस्रो खण्डमा रातो बङ्गला किताबले प्रकाशन गरेको अनिल बिष्टद्वारा लिखित “हजुरआमाको माया” पुस्तकलाई कल्पना पराजुलीले वाचन गर्नुभएको छ । त्यस्तै तेस्रो खण्डमा स्वास्थ्य ; जीवनजल र यसको महत्त्वबारे जानकारी गराइएको छ । अन्त्यमा कवि लक्ष्मीप्रसाद देवकोटाद्वारा तोटक छन्दमा लिखित “सुनको बिहान” कविता वाचन गरिएको छ ।