यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन् । दोस्रो खण्डमा कनकमणि दीक्षितद्वारा लिखित, सुभाष राईद्वारा चित्राङ्कन गरिएको र रातो बङ्गला किताबद्वारा प्रकाशित बालकथा “धुमधामको घुमघाम” वाचन गरिएको छ । त्यस्तै तेस्रो खण्डमा चुट्किला प्रस्तुत गरिएको छ। चौथो खण्डमा बन्दाबन्दीमा असल अभिभावकत्व (तयारी खाजा/खाना अथवा जङ्क फूड क्रियाकलाप) प्रस्तुत गरिएको छ । अन्त्यमा "हाम्रो स्कुल" गीत वाचन गरिएको छ ।