यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन् । दोस्रो खण्डमा जारी रहेको कनकमणि दीक्षितद्वारा लिखित, सुभाष राईद्वारा चित्राङ्कन र रातो बङ्गला किताबद्वारा प्रकाशित बालकथा “धुमधामको घुमघाम” वाचन गरिएको छ । त्यस्तै तेस्रो खण्डमा काप्रिकार कन्स्टान्ट (Kaprekar constant) गणितको रमाइलो क्रियाकलाप र त्यसबारे जानकारी गराइएको छ । चौथो खण्डमा एक्रोस्टिक कविता बनाऔं क्रियाकलाप प्रस्तुत गरिएको छ । अन्त्यमा "किताब देऊ" गीत प्रस्तुत गरिएको छ ।