महिलाहरु कसैसँग देखिए भने, कतै जाँदैछन् भने, अबेर घर फर्किए भने उनीहरुलाई किन, कहाँ, को सँग लगायतका दर्जनौं प्रश्नहरु सोधिन्छ । एयरपोर्ट देखि बोर्डरसम्म, कार्यस्थलदेखि घरसम्म सोधिने यस्ता प्रश्न कति सम्म चिन्ता र चासो हो वा कति हदसम्म दुर्व्यवहारै हो ? तपाईंको अनुभवले के भन्छ ? हामी कार्यक्रम सुनाखरीमा यही विषयमा छलफल गर्दैछौँ ।